गुराँस फुलेसँगै सोलुखुम्बुमा आन्तरिक पर्यटक बढे

 चैत २४, २०७८ बिहिबार ९:१४:१५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - लालीगुराँस फुलेसँगै सोलुखुम्बुमा आन्तरिक पर्यटक बढ्न थालेका छन् ।

सोलुखुम्बुको विभिन्न ठाउँ लालीगुराँस फुलेर ढकमक्क भएसँगै हेर्न र घुम्न आउने आन्तरिक पर्यटककाे सङ्ख्या बढ्न थालेकाे छ ।

जिल्लाको पत्ताले, गौरीटाप, पिकेडाँडा, रात्नाङ्गी डाँडासहितका क्षेत्रहरु यतिखेर लालीगुराँस फुलेर राताम्मे देखिन्छ । फागुन अन्तिमबाट फुल्न सुरु भएको गुराँसका कारण सेल्फी लिनेहरुको भिड लागेको पत्तालेका प्रकाश मगरले बताउनुभयो ।

विशेषत जिल्ला बाहिरका नागरिकहरुले गुराँसलाई बढी महत्त्वका साथ लिने गरेको गौरीटापका लौरेश्वर बाबाको भनाइ छ ।

उहाँले भन्नुभयो–‘हामीलाई पो गुराँसको महत्त्व छैन त, गुराँससँग रमाउन र तस्बिर खिच्नकै लागि ओखलढुङ्गा, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे लगायतका जिल्लाबाट जीप र बस नै रिजर्भ गरेर पर्यटक यहाँ आउँछन् । प्रकृतिले दिएको यति राम्रो फूल यत्तिकै फुल्छ त्यत्तिकै औलाएर जान्छ । हामीले यसको प्रवर्द्धन गर्न सकेका छैनौँ ।'

प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने सिजन भएकाले काठमाण्डौबाट सोलुखुम्बु घुम्न आएकाे डा. बुद्धि पौडेलले बताउनुभयो ।

‘सोलुखुम्बु यत्तिको रमाइलो होला भन्ने त मलाई लागेको थिएन तर यो ठाउँ त स्वर्गको टुक्रा नै रहेछ नि !’ उहाँले भन्नुभयो ।

अघिल्लो वर्ष कोरोनाका कारण ठप्प भएको पर्यटन व्यवसायमा यस वर्ष भने आन्तरिक पर्यटकका कारण राहत मिलेको पिकेडाँडाका होटल व्यवसायी गेलु शेर्पाले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया