चीनको शङ्घाई सहरमा तीन जना कोरोना सङ्क्रमितको ज्यान गयो

 बैशाख ५, २०७९ सोमबार ९:१९:२४ | एजेन्सी
unn.prixa.net

कोरोना भाइरस फैलिएको चीनको शङ्घाई सहरमा लकडाउनपछि पहिलो पटक सङ्क्रमितको ज्यान गएको छ ।

शङ्घाईमा हिजो तीन जना कोरोना सङ्क्रमितको ज्यान गएको समाचार एजेन्सी एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउने तीन जनाको उमेर ८९ देखि ९१ वर्षसम्मको रहेको स्थानीय प्रशासनले जनाएको छ ।

स्थानीय प्रशासनका अनुसार उनीहरुमा कोरोना सङ्क्रमणसँगै अरु रोग पनि थियो । कोरोना सङ्क्रमण बढेपछि शङ्घाईमा यही अप्रिल महिनाको सुरुवातदेखि लकडाउनकाे घोषणा गरिएको थियो । यसअघि गएको मार्च महिनामा चीनको जिलिन प्रान्तमा कोरोनाका कारण दुई जनाको ज्यान गएको थियो ।   
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया