चुनाव सार्न खाेजे एमाले चुप लागेर बस्दैन : अध्यक्ष ओली

 बैशाख ५, २०७९ सोमबार १९:५०:५८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावसँग डराएको दाबी गर्नुभएको छ । आज साेमवार सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको आरोप लगाउनुभयो ।

आफू पराजय हुने निश्चित भएपछि सरकारले विप्लवलाई अघि सारेर चुनाव सार्न खोजिरहेकाले यदि त्यसो गरिएमा एमाले चुप लागेर नबस्ने अध्यक्ष ओलीकाे भनाइ छ । नेत्रविक्रम चन्द विप्लवकै कारण चुनाव रोकिने हो भने विप्लव नेतृत्वको नेकपालाई सूर्य चिह्नबाट चुनाव लड्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

अध्यक्ष ओलीले वर्तमान गठबन्धन अपवित्र रहेको आराेप लगाउँदै कांग्रेस भिजन र सिद्धान्तविहीन पार्टी भएकाले यसको भविष्य नरहेको जिकिर गर्नुभयोे । उहाँले ‘सिद्धिन लागेका’ पुष्पकमल दाहाल प्रचण्डलाई ५३ सिटमा पुर्‍याए पनि आखिर डसेर गएको दुखेसो गर्नुभयोे ।

अध्यक्ष ओलीले बाटो, बिजुली र सञ्चार विकासको मुख्य मेरुदण्ड रहेको भन्दै यी विना कुनै काम सम्भव नरहेको बतउनुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया