किर्ते गरेको आरोपमा बुटवलमा एक महिला पक्राउ

 बैशाख १२, २०७९ सोमबार ९:६:१२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवलमा किर्ते गरेको आरोपमा महिला पक्राउ परेकी छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पा रिब्दीकोट-५ घर भइ बुटवल-११ देविनगरमा बस्दै आएकी २३ वर्षीया प्रजिता गाहा किर्ते र ठगी गरेको आरोपमा पक्राउ परेकी हुन् ।

गाहाले जागिर लगाइ दिन्छु भनेर नक्कली नियुक्ति पत्र, लेटर प्याड र परिचय पत्र छापेर ७० जनाभन्दा धेरैसँग रकम उठाएकाे प्रहरीले जनाएको छ । उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया