चीनमा पछिल्लाे २४ घन्टामा २ हजार ६६६ जनामा काेराेना सङ्क्रमण, ५१ जनाको ज्यान गयो

 बैशाख १२, २०७९ सोमबार १२:२३:२८ | एजेन्सी
unn.prixa.net

चीनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गएको २४ घन्टामा त्यहाँ दुई हजार ६ सय ६६ जनालाई कोरोना भाइरसका सङ्क्रमण देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य  आयोगले जनाएको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै शङ्घाईका छन् ।

शङ्घाईमा दुई हजार चार सय ७२ जनालाई सङ्क्रमण भएको छ । यस्तै, अन्य सहरमा पनि कोरोनाको जोखिम बढेको छ । बेइजिङ, जिलिन, हेइलोङ्गजियाङ्गलगायत सहरमा सङ्क्रमण फैलिन थालेको छ ।

सङ्क्रमण बढेपछि बेइजिङमा ठूलो सङ्ख्यामा स्वास्थ्य परीक्षण गरिने भएको छ । ज्येष्ठ  नागरिक, मजदुर तथा विद्यालयमा काम गर्नेहरुको स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, गएको २४ घन्टामा चीनमा कोरोनाका कारण ५१ जनाको ज्यान गएको छ । 
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया