रुसी राष्ट्रपति पुटिन युक्रेनमा लामो युद्धको तयारीमा छन् : अमेरिकी गुप्तचर निकाय

 बैशाख २८, २०७९ बुधबार ७:१५:१० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ । युक्रेनमा गएको फेब्रुअरी २४ देखि निरन्तर आक्रमण गरेको रुसले पूर्वमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने सम्भावना रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको बीबीसीले जनाएको छ ।

रुसले कब्जा गर्न खोजिरहेको पूर्वमा निरन्तर आक्रमण भैरहेका बेला यो चेतावनी आएको हो । युक्रेनले आफ्नो राजधानी किएभ कब्जा गर्ने प्रयासको प्रतिरोध गरेपछि रुसले डोनबास क्षेत्रमा आफ्ना सेनालाई केन्द्रीत गरेको छ । पछिल्लो युद्धमा युक्रेनले उत्तरपूर्वि खार्किभ क्षेत्रका चारवटा बस्ती पुनः कब्जा गरेको दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले युक्रेनी सफलताले रुसी सेनालाई बिस्तारै खार्किभबाट बाहिर धकेलिरहेको बताउनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया