पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो

 बैशाख ३१, २०७९ शनिबार २०:३५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्राेलियम पदार्थकाे भाउ बढाएकाे हाे । 

आज रातिदेखि १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ  बढेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेकाे छ । त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ पुगेको छ ।

अहिलेलाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।

अन्तिम अपडेट: असार ६, २०७९

1 Comments

  • Dilip

    May 14, 2022, 10:25 p.m.

    चितवा, काठमांडाै र तिलाेत्तमामा वगाएकाे पैसाकाे खाेलाे यसैगरि असुल उपर गर्ने भए ।

  •  0 Reply

तपाईको प्रतिक्रिया