राेल्पाकाे थवाङमा तीन दलका संयुक्त उम्मेदवारलाई हराउँदै माओवादीकाे जित

 जेठ १, २०७९ आइतबार १६:२०:५७ | माधवकुमार ओली
unn.prixa.net

राेल्पा –  रोल्पाको थवाङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढामगर विजयी हुनुभएको छ । बुढामगरले दुई हजार १ सय २२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार दलजीत रोकाले एक हजार पाँच सय ६ मत ल्याउनुभयो ।

थवाङमा माओवादी एकातिर र नेपाली कांग्रेस, नेकपा एमाले तथा विप्लव नेतृत्वको नेकपाको तर्फबाट स्वतन्त्र रुपमा दलजित रोकाले उम्मेदवारी दिनुभएको थियो । यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सर्मीला बुढा विजयी हुनुभएको छ ।  २ हजार १ सय २२ मतका साथ विजयी हुनुभएको हाे । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार रायबहादुर पुनले १ हजार ४ सय ६८ मत पाउनु भएको छ ।

पाँच वटा वडा रहेको थबाङमा ४ नम्बर वडामा एमालेकाे जित भएकाे र अन्य सबै वडामा माओवादी केन्द्रले नै जितेको थबाङ गाउँपालिकाका निर्वाचन अधिकृत हेमराज तिमल्सिनाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया