याेगेश भट्टराईकाे गृह पालिका मैवाखाेलामा माओवादीका वनेम विजयी

 जेठ २, २०७९ सोमबार १६:३१:२३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – नेकपा एमालेका सचिव योगेशकुमार भट्टरार्ईको गृह गाउँपालिका मैवाखोलामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।   

नेपालमा प्रजातन्त्र स्थापना भएपछि यस गाउँपालिकाका तत्कालीन फाकुम्बा गाउँ विकास समिति, साँघु गाउँ विकास समिति र मनन भण्डारीको जन्म थलो समेत रहेको ढुङ्गेसाँघु गाउँ विकास समितिमा ३० वर्षसम्म एमालेले जित्दै आएको थियो । 

मैवाखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका विजयप्रकाश वनेम (लिम्बु) विजयी हुनुभएको छ । वनेमले २ हजार ४ सय ५७ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका राजन थत्लुङले १ हजार ९ सय ३० मत प्राप्त गर्नुभयो । 

उपाध्यक्ष्मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कमलकुमारी वनेम २ हजार ३ सय ९५ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेकी १ हजार ९सय ७५ मत प्राप्त गर्नुभयो । 
राजन र कैशिला गएको कार्यकालमा मैवाखोलाको अध्यक्ष तथा उपाध्यक्षमा विजयी हुनु भएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया