ताप्लेजुङको मिक्वाखोला गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

 जेठ २, २०७९ सोमबार २०:४८:१८ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार भक्तबहादुर कार्की विजयी हुनुभएको छ । कार्कीले नेकपा एमालेका दिवश चोङबाङलाई ५९ मतले हराएर विजयी बन्नुभएको हो । कार्कीले  दुई हजार २३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रत्यासी दिवश चोङबाङले एक हजार ९६४ मत प्राप्त गर्नुभएको छ । 

उता, उपाध्यक्षमा गठबन्धन नेकपा माओवादीका डण्डु शेर्पा लामाले चार सय ३१ मतले विजयी हुनुभएको छ । शेर्पाले दुई हजार १६४ मत प्राप्त गर्दा उहाँका प्रत्यासी नेकपा एमालेकी मिनाकुमारी केदेमले एक हजार ७४३ मत पाउनुभयो ।  

पाचँ वटा वडा  रहेको यस गाउँपालिकामा नेकपा एमालेले १,२,३ र ४ नम्बर वडा जित हासिल गरेको छ भने ५ नम्बर वडा नेकपा माओवादीको हातमा परेको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया