रोल्पाको रुन्टिगढी गाउँपालिकामा कांग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार ८:३५:४७ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - रोल्पाको रुन्टिगढी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका जनक पुन ४ हजार ३ सय ९१ मतकासाथ विजयी हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रका गोविन्द पुनले ३ हजार ७ सय ८ ल्याउँदा नेकपा एमालेका यामबहादुर दशौँदीले ३ हजार ५ सय ८७ मत पाउनुभएको छ । उपाध्यक्षमा पनि कांग्रेसकै सरीता केसी ४ हजार ४ सय ३७ मतका साथ विजयी हुँदा एमालेकी हस्तमाली बाँठाले ३ हजार ७ सय ८ र माओवादीकी कौशीला जीसीले ३ हजार ६ सय २८ मत ल्याउनु भएको छ ।

यसअघि नेकपा एमालेले जितेको यो गाउँपालिकामा ९ वटा वडा रहेका छन् । ९ वटा वडामा तीन दलले ३/३ वटै जितेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया