रोल्पाको लुङ्ग्री गाउँपालिका अध्यक्षमा माओवादीका थापा विजयी

 जेठ ३, २०७९ मंगलबार १८:१७:१८ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – अघिल्लो चुनावमा कांग्रेसले जितेको रोल्पाको लुङ्ग्री गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका भरतकुमार थापा चार हजार नौ सय ६४ मतका साथ विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसका जनक खड्काले चार हजार दुई सय ४९ मत पाउनुभएको छ ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दिलकुमारी गुरुङ विजयी हुनुभएको छ । गुरुङले चार हजार सात सय ४० मत ल्याउँदा कांग्रेसकी मुन्नीदेवी रोका क्षेत्रीले चार हजार दुई सय ६६ मत पाउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया