स्याङ्जा : पुतलीबजारको मेयर र उपमेयरमा कांग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार १९:२२:४४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – पुतलीबजार नगरपालिकाको मेयरमा कांग्रेसका तुलसीराम रेग्मी विजयी हुनुभएको छ । एमालेकी सीमा क्षेत्रीलाई दुई हजार चार सय चार मतान्तरले हराउँदै रेग्मी मेयरमा निर्वाचित हुनुभएको हो । रेग्मीले १२ हजार चार सय ९४ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी क्षेत्रीले १० हजार ९० मत प्राप्त गर्नुभयो । 

उपमेयरमा पनि कांग्रेसकै देवी अर्याल निर्वाचित हुनुभयो । उहाँले एमालेका महेश पुरीलाई नौ सय ४७ मतले पछाडि पार्नुभएको हो । अर्यालले ११ हजार सात सय ४८ मत ल्याउँदा पुरीले १० हजार सात सय ६१ मत प्राप्त गर्नुभयो । 

नगरपालिकामा कांग्रेसलाई माओवादी केन्द्रले साथ दिएको थियो । अघिल्लो चुनावमा मेयर र उपमेयरमा एमाले विजयी भएको थियो ।

पुतलीबजारमा १४ वडा रहेकोमा कांग्रेसले नौ र एमालेले पाँच वटा वडामा अध्यक्ष जितेको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया