स्याङ्जाकाे अर्जुनचौपारी गाँउपालिकामा कांग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार १९:५४:४५ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी विजयी हुनुभएको छ । तिवारीले प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका चिनमाया गुरुङ्लाई १ हजार ९ सय ४४ मतले पछि पार्दै जित हात पार्नु भएको हो । 

तिवारीले ५ हजार २ सय ९१ मत ल्याउँदा गुरुङले ३ हजार ३ सय ४७ मत ल्याउनु भएको छ । गुरुङ अघिल्लो निर्वाचनमा उपप्रमुख पदमा निर्वाचित हुनुभएको थियो । यस्तै, १ हजार ६० मतको अन्तरमा उपप्रमुखमा कांग्रेसकै सपना गुरुङ विजयी हुनुभएको छ  । उहाँका प्रतिस्पर्धी एमालेका टंकप्रसाद खनाललाई पछाडि पार्दै विजेता बन्नु भएको थियो । गुरुङले ४ हजार ८ सय २७ मत ल्याउँदा खनालले ३ हजार ७ सय ६७ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी अर्जुनचौपारीका वडामा पनि कांग्रेसकै वहुमत रहेको छ । अर्जुनचौपारी १ माकांग्रेसका रणबहादुर थापा, २ मा कांग्रेसका धनबहादुर गुरुङ, ३ मा कांग्रेसका शोभाकान्त काफ्ले, ४ मा कांग्रेसका भुवनसिंह गुरुङ, ५ मा कांग्रेसकै बद्रीप्रसाद पौडेल र ६ मा एमालेका नारायणप्रसाद ढकाल निर्वाचित भएको निर्वाचनअधिकृत शुभाकर पौडेलले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया