रोल्पाको त्रिवेणीमा एमाले–कांग्रेसको गठबन्धन विजयी

 जेठ ४, २०७९ बुधबार ९:२२:२० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले–कांग्रेसको गठबन्धनले विजय हासिल गरेको छ ।

गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर बाँठा र उपाध्यक्षमा नेपाली कांग्रेसका लेखमणी डाँगी विजयी हुनुभएको छ । 

अध्यक्षमा बाँठा ५ हजार ८५ मतका साथ विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रेशम पुनले ४ हजार ४ सय ६३ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा एकीकृत समाजवादीका लालबहादुर डाँगीले ८९ मत पाउनुभएको छ ।

यस्तै उपाध्यक्षमा डाँगीले ४ हजार ५ सय ७६ मतका साथ विजय हासिल गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी भागिसरा खड्काले ३ हजार ८ सय ६५ मत प्राप्त गर्नुभएको छ । 

गठबन्धन भएपनि एमालेकी जानकी बुढाले उम्मेदवारी फिर्ता लिनु भएको थिएन । उहाँले ७ सय २४ मत पाउँदा नेकपा एकीकृत समाजवादीकी प्रतिज्ञा बुढाले २ सय ८१ मत पाउनुभएको छ ।

यस गाउँपालिकाको ७ वटा वडा मध्ये ४ वटा वडा माओवादी केन्द्रले जित्दा ३ वटा वडा एमालले जितेको छ । कांग्रेसले ६ नम्बर वडाको ३ वटा सदस्य मात्र जितेको छ । गाउँपालिकामा गठबन्धन भएपनि वडामा भने एमाले–कांग्रेस, माओवादी तथा समाजवादी एक्लाएक्लै लडेका थिए ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया