बर्दियाको ठाकुरबाबा नगरपालिकामा कांग्रेसबाट मेयर र एमालेबाट उपमेयर विजयी

 जेठ ४, २०७९ बुधबार ९:५३:५१ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलकराम लम्सालले ९ हजार ४२ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेत्रराज आचार्यले ६ हजार ८ सय १८ मत ल्याउनुभयो ।

उपमेयरमा नेकपा एमालेका विना भट्टराईले ८ हजार १ सय ७६ मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मञ्जु कुमारी चौधरीले ७ हजार ६ सय ७४ मत ल्याउनुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया