स्याङ्जा : वालिङको मेयरमा एमालेका खाण र उपमेयरमा कांग्रेसकी तिवारी निर्वाचित

 जेठ ४, २०७९ बुधबार १०:१७:१७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - वालिङ नगरपालिकाको मेयरमा नेकपा एमालेका कृष्ण खाण निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी दीलिप प्रताप खाणलाई पराजित गर्नुभएको हो । 

कृष्ण खाणले १३ हजार ७ सय ७६ मत ल्याउनु भएकाे छ भने  दीलिप खाणले ११ हजार ५ सय ९३ मत ल्याउनु भएको हो । 

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी कविता तिवारी गैह्रे १२ हजार ८ सय २२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी खगिसरा थापाले १२ हजार ३ सय ४० मत ल्याउनु भएको छ । 

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया