४२३ पालिकाको मतपरिणाम सार्वजनिक : कांग्रेसको १९४, एमालेको १२० र माओवादीको ८३

 जेठ ४, २०७९ बुधबार १२:२७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ४२३ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

१०२ वटा नगरपालिका र ३२१ वटा गाउँपालिका गरी ४२३ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

कांग्रेस

सार्वजनिक मत परिणाम अनुसार अहिलेसम्म पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म १९४ वटा पालिकामा जितेको छ । ५५ वटा नगरपालिका र १३९ वटा गाउँपालिका गरी कांग्रेसले १९४ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको हो ।

यस्तै कांग्रेसले ४७ वटा नगरपालिकाको उपमेयर र १३९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १८६ ठाउँमा उपमेयर तथा उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले १ हजार ९३९ वटा वडामा अध्यक्ष जितेको छ ।

एमाले

पालिका चुनावको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले दोस्रो स्थानमा छ । एमालेले अहिलेसम्म २९ वटा नगरपालिका र ९१ वटा गाउँपालिका गरी १२० वटा पालिकाको प्रमुख पद जितेको छ ।

एमालेले ३३ वटा नगरपालिकाको उपमेयर र ८९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १२२ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । एमालेले १ हजार ५०९ वटा वडामा अध्यक्षमा जित हासिल गरेको छ ।

माओवादी केन्द्र

माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादी केन्द्रले अहिलेसम्म ९ वटा नगरपालिका र ७४ वटा गाउँपालिका गरी ८३ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै माओवादी केन्द्रले १५ वटा नगरपालिकाको उपमेयर र ७६ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ९१ ठाउँमा उपमेयर तथा उपाध्यक्ष जितेको छ । माओवादीले ८२१ वटा वडामा अध्यक्ष पदमा जितेको छ ।

नेकपा (एकीकृत समाजवादी)

नेकपा एकीकृत समाजवादीले १ नगरपालिका मेयर र ५ वटा गाउँपालिकामा अध्यक्ष जितेको छ । त्यस्तै एकीकृत समाजवादीले ४ वटा नगरपालिकाको उपमेयर र ९ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

स्वतन्त्र/अन्य दल

निर्वाचन आयोगका अनुसार स्वतन्त्र तथा अरु दलबाट गरी अहिलेसम्म १५ जना पालिकाको मेयर तथा अध्यक्षमा विजयी भएका छन् । जसमध्ये जनता समाजवादी पार्टीले ५ वटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ । राष्ट्रिय जनमोर्चाले ३ वटा गाउँपालिकामा अध्यक्ष जितेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ वटा पालिकामा जितेको छ । नेपाल मजदुर किसान पार्टीले १ नगरपालिकामा मेयर जितेको छ । अरु ४ वटा स्वतन्त्र रहेका छन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र तथा अन्य गरी २ वटा नगरमा उपमेयर तथा ९ वटा गाउँपालिकामा उपाध्यक्ष गरी ११ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका छन् ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Yogendra acharya

    May 18, 2022, 12:37 p.m.

    Good

  •  0 Reply

तपाईको प्रतिक्रिया