सुनसरीमा कांग्रेसले खाता खोल्यो, भोक्राहामा कांग्रेस विजयी

 जेठ ४, २०७९ बुधबार १२:५४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - १२ स्थानीय तह रहेको सुनसरीमा पहिलो पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय भोक्राहा नरसिंह गाउँपालिकाले दिएको जानकारी अनुसार भोक्राहाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्ष पदमा कांग्रेसका अजमल अख्तर आजाद ४६०६ मत ल्याएर विजयी हुनुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका महेन्द्र प्रसाद यादवले ३१७१ मत प्राप्त गर्नुभएकाे हाे । आजादले १३३५ मतान्तरले जित्नु भएकाे छ । 

त्यसै गरी उपाध्यक्ष पनि कांग्रेसले जितेकाे भाेक्राहामा कांग्रेसकी उम्मेदवार सुनिता उराँवले ३९७४ मत ल्याएर विजयी हुनु भएकाे हाे । उहाँकाे निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीकी पुनम कुमारी मेहताले २६१८ मत पाउनु भएकाे छ । कांग्रेसकी उराँवले १३५६ मतान्तरले जसपाकी मेहतालाई पराजित गर्नु भएकाे हाे । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया