स्याङ्जाको चापाकोट नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी

 जेठ ४, २०७९ बुधबार १७:१७:३९ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका उम्मेदवार देवबहादुर खाँण (ईश्वर) र उपप्रमुखमा कांग्रेसकै इशा राना विजयी हुनुभएको छ । 

खाँणले  ७ हजार ४९० मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिस्पर्धी नेकपा एमालेका राजु कोइरालाले ६ हजार ५५५ मत ल्याउनु भएको छ । त्यसैगरी नगरपालिकाको उपप्रमुखमा विजयी हुनुभएकी रानाले  ७ हजार ४१३ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी नेकपा एमालेकी सृष्टि मल्लले ६ हजार ३७६ मत ल्याउनु भएको छ ।

१० वटावडा रहेको नगरपालिकामा वडा नं ३, ४, ५, ६ र ८ गरी पाँच वटामा नेपाली कांग्रेस र १, २, ७, ९ र १० वडामा नेकपा एमाले विजयी भएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया