कैलाली टीकापुरको मेयरमा नागरिक उन्मुक्ति पार्टी विजयी

 जेठ ५, २०७९ बिहिबार ११:३७:३ | रासस
unn.prixa.net

कैलाली - कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरकाे मेयरमा रामलाल डगौरा थारु विजयी हुनुभएको हो ।  

थारुले तीन दलीय गठबन्धनबाट नगरकाे मेयरमा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका नवराज रावललाई हराउनु भएकाे हाे । उहाँले ९ हजार ६ सय ४२ मत ल्याउनु भएकाे छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६ सय ४२ मत ल्याउनुभएको छ । 

त्यस्तै उपमेयरमा नागरिक उन्मुक्तिकी उल्कादेवी विकलाई हराउँदै गठबन्धनबाट उपमेयरका उम्मेदवार खडक शाह विजयी हुनुभएको छ । शाहले ७ हजार ९ सय ५५ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी विकले ७ हजार ८ सय २ मत ल्याउनुभएको छ । 

टीकापुरमा तीन वडामा माओवादी केन्द्र, तीनमा कांग्रेस, दुईमा नागरिक उन्मुक्ति पार्टी र एउटामा एमाले विजयी भएको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया