सुनसरीको गढीमा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

 जेठ ५, २०७९ बिहिबार १२:४९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - सुनसरीको गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय गढीले दिएको जानकारी अुनसार अध्यक्षमा  आशनारायण चौधरी विजयी हुनु भएकाे हाे । 

उहाँले ८ हजार ९ सय १ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेश दत्तले ५ हजार ३ सय ५० मत मात्रै प्राप्त गर्नुभएकाे छ।

यस्तै उपाध्यक्षमा पनि एमालेकी अनिता शाह ७ हजार ८ सय १५ मत ल्याएर विजयी हुनुभएकाे छ । उहाँकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार राजकुमारी चौधरीले ५ हजार ८ सय ३८ मत प्राप्त गर्नुभएकाे छ । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया