दाङका १० पालिका मध्ये ९ पालिकाको नतिजा सार्वजनिक

 जेठ ५, २०७९ बिहिबार १३:८:३२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङका १० पालिका मध्ये अहिलेसम्म ९ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसले जिल्लाका ५ पालिकामा अध्यक्ष/उपाध्यक्ष तथा २ पालिकामा उपाध्यक्ष जितेको छ ।

माओवादीले ३ पालिकामा अध्यक्ष जितेको छ भने नेकपा एमालेले एक उपमहानगरपालिकाको मेयर र दुई वटा पालिकामा उपाध्यक्ष जितेको छ ।

बाँकी तुलसीपुर उपमानगरपालिकामा भने मतगणना भइरहेको छ । जसअनुसार नेपाली कांग्रेसले बबई गाउँपालिका, शान्तिनगर, दंगीशरण, लमही र राजपुर गाउँपालिकामा प्रमुखमा विजयी भएको छ भने माओवादीले बंगलाचुली, गढवा र राप्तीमा विजय हासील गरेको छ ।

त्यसैगरी नेकपा एमाले घोराही उपमहानगरपालिकाको मेयर र उपमेयर जितेको छ भने राप्ती गाउँपालिकामा उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया