बालेन शाहले २१ हजार मत कटाउँदा केशव स्थापित र सिर्जना सिंह धेरै पछाडि

 जेठ ५, २०७९ बिहिबार १४:५०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन्द्र (बालेन) शाहकाे अग्रता कायमै छ । अहिलेसम्म ५६ हजार चार सय ६१ मत गन्दा शाहले १० हजार एक सय ६३ मतकाे अग्रता लिइरहनुभएकाे छ । 

शाहले अहिलेसम्म २१ हजार चार सय २४ मत प्राप्त गर्नुभएकाे छ । एमालेका केशव स्थापितले ११ हजार दुई सय ६१ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार पाँच सय ३२ मत प्राप्त गर्नुभएकाे छ । 

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगाेलले अग्रता लिइरहनुभएकाे छ । डंगाेलले अहिलेसम्म २० हजार आठ सय ८८ मत प्राप्त गर्नुभएकाे हाे । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले सात हजार तीन सय ३१ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाकी बिनिता मगैयाले सात हजार एक सय २७ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • बिजय कुमार बिक

    May 19, 2022, 5:30 p.m.

    देशको सबै भन्दा ठुलो पाती भनेर चिनिने नेपाली काङ्ग्रेसको चुनाबी नतिजा हेर्दा क्या लज्जास्पद भएको छ ।यति लामो समय सम्म शासन चलाएर आएको नेपाली काङ्ग्रेसका महान मानिने श्री आदरणीय प्रधानमन्त्री प्रकाश मानकी श्रीमती देशको राजधानि काठमाडौ महानगरमा मेयरमा सुनिस्चित हार्ने र सोही प्रधानमन्त्री शेर बहादुर आफै जन्मेको ठाउमा काङ्ग्रेसले हार्दा सार्है बेइज्जतको कुरा हो । यो हार्नुको अर्थ जनताको निम्ति काङ्ग्रेसका महासय र सेर बहादुर देउवाले 2052 साल देखि जनताको हितमा काम नगरेको खुल्लास्थ देखिन्छ । अहिले सम्म नेपाली काङ्ग्रेसले आफ्नै छाउरोहरुलाई पाल्न र जागिर दिनमा देशको ढुकुटी सकिएका रहेछ्न जनताको हितमा काम गरेको भए आज आफ्नै श्रीमतीले महानगर जस्तो ठाउमा हार्ने कुनै चान्स नै हुदैन थियो । अब यस्ता त्रुटिहरु जनताले बुझिसकेका छ्न/

  •  0 Reply

तपाईको प्रतिक्रिया