कांग्रेसले इमानदारिता देखाएन, माओवादी व्यापारी जस्तै बन्याे : चाैधरी

 जेठ ५, २०७९ बिहिबार १६:५७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा सहभागी हुन संसद भवन पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गठबन्धनमा इमान्दारिता नदेखिएको बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसले जवाफदेहिता र इमान्दारिता देखाउन नसकेकको बताउनुभयो । माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उहाँले आरोप लगाउनुभयो । निर्वाचन मत परिणामबाट आफूहरु सन्तुष्ट हुन नसकेको पनि उहाँले बताउनुभयो ।

‘चुनावी मत परिणाममा हामी सन्तुष्ट छैनौँ । जुन तरिकाले पाँच दलीय गठबन्धनमा इमान्दारिता हुनुपर्थ्याे, त्यस्तो देखिएन । नेपाली कांग्रेसले जुन तरिकाको जवाफदेहिता, इमान्दारिता देखाउनुपर्थ्याे त्यो देखाउन सकेन' उहाँले भन्नुभयाे, 'माओवादी पार्टीले आफू एउटा बिजनेश म्यानको जस्तै चार पैसा फाइदा कता हुन्छ, उतैतिर ढल्किने यहाँसम्मकी कुनै ठाउँमा एमालेसँग समेत समन्वय गर्‍यो । कांग्रेसले पनि त्यो खालको व्यवहार गर्‍यो । त्यसैले हामिले जुन खालको रिजेल्ट अपेक्षा गरेका थियौँ त्यो खालको रिजेल्ट आउन सकेन ।’

उहाँले कांग्रेस र माओवादी सच्चिएमा मात्र गठबन्धनलाई अगाडि बढाउन सकिने बताउनुभयो । नैतिकताको राजनीति नगर्ने र भनेको कुरा नगर्ने पार्टीहरुसँग अगाडि जान नसकिने उहाँले बताउनुभयो । उहाँले याे पालिका चुनावमा नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)का बीचमा मात्रै गठबन्धन भएको जिकिर गर्नुभयो । पाँच दलीय गठबन्धनलाई सफल भएको मान्न नसकिने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया