हेटाैंडा उपमहानगर मेयरमा एकीकृत समाजवादीकाे अग्रता कायमै, राप्रपाका सिंह तेस्राेमा

 जेठ ५, २०७९ बिहिबार १७:३१:८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर — सत्तारुढ गठबन्धनको उम्मेदवारले हेटौंडा उपमहानगरपालिकामा आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । सत्तारुढ गठबन्धनतर्फ हेटौंडाको मेयरकी उम्मेदवार नेकपा (एस) की मीनाकुमारी लामा र उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँले आफ्नो अग्रतालाई बढाएका हुन् ।

हेटौंडामा जारी मतगणनाको परिणाम धमाधम सार्वजनिक भइरहेको छ । कुल ५५ हजार ३८७ मत गणना हुँदा लामाले १७ हजार ३४३ मत प्राप्त गर्नुभएकाे छ । उहाँ नेकपा एमाले मेयरका उम्मेदवार अनन्तप्रसाद पौडेलभन्दा ११ सय ८० मतले अगाडि हुनुहुन्छ । नेकपा एमालेका उम्मेदवार पौडेलले १६ हजार १६३ मत प्राप्त गर्नुभएकाे छ भने मेयरमै राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले १५ हजार ५१४ मत प्राप्त गर्नुभएकाे छ ।

उपमेयरमा कांग्रेसका राजेश बानियाँले २३ हजार ८९७ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १७ हजार २८० मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया