सप्तरीमा निर्वाचित वडा सदस्यको निधन

 जेठ ६, २०७९ शुक्रबार ११:५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

सप्तरी - सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ । उहाँ सुतेकै अवस्थामा बिहान मृत भेटिएका वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार मत परिणाम सार्वजनिक भएपछि सुतिहार हिजो विजय जुलुस मनाएर घर फर्किनु भएको थियो ।

खाना खाएर सुत्नुभएका उहाँको निधन भएको बताइएको छ । जनता समाजवादी पार्टीको तर्फबाट वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएर विजयी हुनु भएको थियो । 
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया