सरकारी तलब–भत्ता नलिने झिमरुकका अध्यक्ष महताराको घोषणा

 जेठ ६, २०७९ शुक्रबार १४:१२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्युठान – प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतारा क्षेत्रीले पाँच वर्षे कार्यकालभर सरकारी तलब–भत्ता नलिने घोषणा गर्नुभएको छ । 

आज शुक्रवार गाउँपालिका कार्यालयमा शपथ ग्रहणपछि उहाँले आफ्नो कार्यकालभर तलब–भत्ता नलिने घोषणा गर्नुभएको हो । ‘म र परिवारको दैनिकी धान्नका लागि अहिले पनि समस्या छैन, मेरो तलब–भत्ताबापतको रकम राज्यकोषमा जाओस्, या कतै राम्रो कार्यमा लगानी होस् भनेर यस्ताे घोषणा गरेको हुँ’, अध्यक्ष महताराले भन्नुभयो ।

आफ्नो पार्टीले जितेका पालिकामा अरूले भन्दा राम्रा र जनमुखी काम गर्नुपर्छ भन्ने माओवादीको नीति रहेको पनि महताराले बताउनुभयो । 

राष्ट्रिय जनमोर्चाका टिकाबहादुर जीसीलाई हराएर माओवादी केन्द्रका महतारा अध्यक्षमा निर्वाचित हुनुभएको हो । तत्कालीन बाँदिकोट गाउँ विकास समितिका अध्यक्षसमेत रहनुभएका महतारा पूर्व शिक्षक पनि हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bhim chhetri

    May 20, 2022, 10:44 p.m.

    एक उत्कृष्ट होनहार जागरूक ईमानदारी र कुशल नेता पाएका छौ हामी झिमरूक बासिले पार्टी भन्दा पनि व्यक्ति चिनेर जनताले जिताएका पित बहादुर महतरा लाई विशेष वधाई तथा कार्यकालको शुभकामना !

  •  0 Reply

तपाईको प्रतिक्रिया