काठमाण्डाैमा ७४ हजार १९३ मत गन्दा बालेन साहलाई १३ हजार ३०२ मतकाे अग्रता

 जेठ ६, २०७९ शुक्रबार १५:८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार तीन सय दुई मतकाे अग्रता बनाउनुभएको छ ।

अहिलेसम्म ७४ हजार एक सय ९३ मतगणना हुँदा साहले २८ हजार दुई सय ९२ मत ल्याउनुभएको छ । एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार नाै सय ९० मत प्राप्त गर्नुभएको छ । कांग्रेसकी सिर्जना सिंहले १४ हजार ६ सय ५७ मत ल्याउनुभएको छ। 

उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उहाँलाई नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले पछ्याइरहनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Nawaraj Phuyal

    May 20, 2022, 3:20 p.m.

    मलाई बालेन ले भन्दा केशब ले जिते चाही केही हून्छ कि जस्तो लाग्छ किनकी केसब स्थापित ले पहीला पनि गरेको हूदा गर्न सक्छनकि भन्ने मेरो सोच

  •  0 Reply

तपाईको प्रतिक्रिया