पाेखरा महानगर : ८२ हजार २ सय ५४ मत गन्दा आचार्यलाई ३३ हजार ३ सय २१

 जेठ ७, २०७९ शनिबार ११:५०:३४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरा महानगरपालिकाकाे मेयरमा नेकपा एकीकृत समाजवादीले फराकिलाे अग्रता बनाउँदै लगेकाे छ ।

८२ हजार २ सय ५४ मत गन्दा समाजवादीका धनराज आचार्यले ३३ हजार ३ सय २१ मत पाउनु भएकाे छ । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णबहादुर थापाले २९ हजार ८ सय ५२ मत पाउनु भएकाे छ । यस्तै स्वतन्त्र उम्मेदवार गनेश पाैडेलले २ हजार २ सय ८१ मत प्राप्त गर्नुभएकाे छ ।

पाेखराकाे उपमेयरमा भने एमाले अगाडि छ । एमालेकी मञ्जु गुरुङले ३४ हजार ९९ मत पाउनु भएकाे छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी काेपिला रानाभाटले ३३ हजार ८ सय मत प्राप्त गर्नुभएकाे छ । यस्तै राप्रपाकी रञ्जना सेनले ३ हजार ५ सय ५ मत पाउनु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया