बालेन साहलाई १७ हजार २७१ मतकाे अग्रता, स्थापित भन्दा सिंह ७९८ मतले अघि

 जेठ ८, २०७९ आइतबार १५:३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अहिलेसम्म ४० हजार ६ सय पाँच मत प्राप्त गर्नुभएकाे छ । साहले १७ हजार दुई सय ७१ मतकाे अग्रता बनाउनुभएकाे छ । 

पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरमा एक लाख १४ हजार आठ सय पाँच मत गन्दा साहले ४० हजार ६ सय पाँच मत पाउनुभएको हाे ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार तीन सय ३४ मत प्राप्त  गर्नुभएको छ । नेकपा एमालेका केशव स्थापितले २२ हजार पाँच सय ३६ मत पाउनुभएको छ । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा सात सय ९८ मतले अगाडि हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • puran Gautam

    May 22, 2022, 3:50 p.m.

    काठमान्डौमा कति भोट खसेको थियो ??

  •  0 Reply

तपाईको प्रतिक्रिया