धरानकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी, उपमेयरमा माओवादीका बेघा

 जेठ ८, २०७९ आइतबार १७:१५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी हुनुभएकाे छ । साम्पाङ चार हजार सात सय ६२ मतकाे अन्तरले विजयी हुनुभएकाे हाे । 

धरानमा ६२ हजार आठ सय ९८ मत खसेकोमा साम्पाङ २० हजार आठ सय २१ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी किशाेर राईले १६ हजार ५९ मत ल्याउनुभयाे । 

धरानको उपमेयरमा भने माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा विजयी हुनुभएकाे छ । बेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेमा पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत ल्याउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया