तनहुँकाे व्यास नगरपालिकाकाे मेयर र उपमेयरमा कांग्रेस विजयी

 जेठ ९, २०७९ सोमबार १०:४४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - तनहुँको व्यास नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने विजयी हुनुभएको छ । 

उहाँले १२ हजार ७८ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गर्नुभयो ।

न्यौपाने दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित हुनुभएको हो । यस्तै, उपमेयरमा कांग्रेसकी इन्दिरा दरै १३ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४२ मत प्राप्त गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया