कञ्चनपुरको भीमदत्त र पुनर्वासमा कांग्रेस निर्वाचित

 जेठ ९, २०७९ सोमबार ११:५९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटी १५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेशप्रसाद पन्तले ८ हजार १ सय ४१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपमेयरमा कांग्रेसकै निलम जोशी लेखक १२ हजार २ सय १६ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत प्राप्त गर्नुभएको छ । 

कञ्चनपुरको पुनर्वास नगरपालिकामा मेयर र उपमेयरमा कांग्रेस विजयी भएकाे छ । मेयरमा तोयप्रसाद शर्माले १० हजार ६ सय र उपमेयरमा भुलिया रानाले सात हजार ३४५ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मेयरका निकटतम प्रतिस्पर्धी एमालेका पदम पुजाराले ४ हजार ६ सय ७४ मत प्राप्त गर्नुभएकाे छ भने उपमेयरमा माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४ सय ९२ मत ल्याउनु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया