पोखरामा ७ घण्टापछि सुरु भयो मतगणना

 जेठ १०, २०७९ मंगलबार १९:२७:३९ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल फाेटाे

कास्की – पोखरा महानगरपालिकामा मतगणना रोकिएको सात घण्टापछि फेरि सुरु भएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकमा गणना बाँकी रहेका तीन वडाको मतगणना सुरु गर्ने सहमति भएको हो । बेलुकी ७ बजेर २० मिनेटदेखि पोखरा वडा नम्बर २२, ३२ र ३३ को मतगणना सुरु भएको छ । 

पोखरा–१८ मा नाै मत हराएको भन्दै मङ्गलवार दिउँसो १२ बजेदेखि नेकपा एमाले रोकेको थियो । त्यसमा कानुनअनुसार प्रक्रिया अगाडि बढाउने र अरू वडाको मतगणना नरोक्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताउनुभयाे ।  

पोखरा–१८ मा खसेको मतभन्दा गणना भएको मत ९ कम थियो । त्यसपछि एमालेले मतगणना भइरहेका वडाका प्रतिनिधिलाई मतगणनास्थलमा नजान भनेको थियो । 

त्यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कलबहादुर थापा कांग्रेसका शिव तिमिल्सिनासँग तीन मतले पराजित हुनुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया