३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित : कुन दलबाट कति ?

 जेठ ११, २०७९ बुधबार ६:५६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पालिका चुनाव–२०७९ अन्तर्गत ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित ३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित भएका छन् ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका १३ हजार ६३०, नेकपा (एमाले) का ११ हजार ७७६, नेकपा (माओवादी केन्द्र) का ५ हजार १९, जनता समाजवादी पार्टीका १ हजार ५३३, नेकपा (एकीकृत समाजवादी) का ९७९, लोकतान्त्रिक समाजवादी पार्टीका ५८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३०३, राष्ट्रिय जनमोर्चाका १५९, नागरिक उन्मुक्ति पार्टीका ९९ जना विभिन्न पदमा निर्वाचित भएका हुन् ।

यस्तै जनमत पार्टीका ९६, नेपाल मजदुर किसान पार्टीका ८५, जनता प्रगतिशील पार्टीका १७, तराई मधेस लोकतान्त्रिक पार्टीका १२, विवेकशील साझाका ११, नेपाल जनता पार्टीका १०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नौ, नेपाल लोकतान्त्रिक पार्टीका सात, राष्ट्रिय जनमुक्ति पार्टीका सात, नेपाली कांग्रेस (विपी) का सात, बहुजन शक्ति पार्टीका छ, बहुजन एकता पार्टी नेपालका पाँच, नेपाल सुशासन पार्टीका चार, नेकपा माओवादी समाजवादीका दुई, नेपाल सद्भावना पार्टीका एक र स्वतन्त्रका ३ सय ८३ जना निर्वाचित भएका छन् ।

पछिल्लो पटक पोखरा र ललितपुर महानगर र रौतहटको गढीमाई नगरपालिकाको नतिजा सार्वजनिक भएको छ । 
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया