तुलसीपुर उपमहानगरकाे मेयरमा एमालेकाे जित सुनिश्चित : गन्न बाँकी मतभन्दा धेरैकाे अग्रता

 जेठ ११, २०७९ बुधबार ८:१६:३५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेको जित सुनिश्चत भएको छ । ३ हजार १ सय ३१ मत गणना हुन बाँकी रहँदा एमालेका मेयर पदका उम्मेदवार टिकाराम खड्का ३ हजार ३ सय ३६ मतले अगाडि हुुनुहुन्छ ।

तुलसीपुर उपमहानगरपालिकामा ७४ हजार ३ सय ३७ मत खसेकोमा बुधवार बिहानसम्म ७१ हजार १ सय ६६ मत गणना भइसकेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले मेयर पदका उम्मेदवार टिकाराम खड्काले ३१ हजार ३५ मत ल्याउनुभएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६ सय ६९ मत ल्याउनु भएको छ ।

उपमेयर पदमा एमालेकी उम्मेदवार श्यानी चौधरीले सुरुदेखिकै अग्रता कायम राख्नुभएको छ । । चौधरीले २९ हजार ३ सय ४५ र गठबन्धनबाट उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २० हजार १ सय ४४ मत ल्याउनु भएको छ । बुधवार दिउँसोसम्म मतणना सकिने जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया