बाजुराकाे बूढीगङ्गामा फेरि मतदान हुने

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख हटाउन निर्देशन

 जेठ १२, २०७९ बिहिबार २०:११:३ | उज्यालो सहकर्मी
unn.prixa.net

बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिकामा फेरि मतदान हुने भएको छ । यही वैशाख ३० गते भएकाे पालिका चुनाव निष्पक्ष नभएको ठहर गर्दै  निर्वाचन आयोगले यस्ताे निर्णय गरेकाे हाे । 
आज बिहीवार विज्ञप्ति निकालेर आयाेगले वैशाख ३० गते भएको चुनाव रद्द गर्दै फेरि मतदान गर्ने निर्णय गरेको जानकारी दिएको छ । 

यस्तै आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ), नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाइ अरू कर्मचारी पठाएर चुनाव गराउन सरकारलाई निर्देशन दिएको छ । उनीहरूलाई निर्वाचन कसुरअनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको पनि निर्वाचन आयोगकाे विज्ञप्तिमा उल्लेख छ । 

बूढीगङ्गा नगरपालिकामा दश वटा वडामध्ये ६ वटा वडामा विवाद थियो । यस्ताे छ आयाेगकाे विज्ञप्ति –

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया