स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना, एक किशोरी घाइते

 जेठ १३, २०७९ शुक्रबार १७:५७:४४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको भीरकोट नगरपालिकामा प्याराग्लाइडिङ उड्ने क्रममा भएको दुर्घटनामा एक किशोरी घाइते भएकी छन् । भीरकोट ८ स्वरेक मैदानमा प्याराग्लाइडिङ उड्ने क्रममा त्यही ठाँउकी १९ वर्षीया लक्ष्मी अर्याल घाइते हुनुभएको हो । 

घाइते अर्याललाई उद्धार गरी हेलिकप्टरबाट पोखराको मेट्रोसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । 

घाइते अर्यालको टाउको र खुट्टामा चोट लागेको प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया