रोल्पा : सडक खन्दै गर्दा पहिरो खसेर एकै घरका दुई बालकको ज्यान गयो

 जेठ २९, २०७९ आइतबार १३:४९:६ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - रोल्पामा सडक खन्दै गर्दा पहिरो खसेर एकै घरका दुई जना बालकको ज्यान गएको छ ।

राेल्पाकाे परिवर्तन गाउँपालिका–५ दाउनेभिरमा सडकमा खेलिरहेका बेला पहिराे खसेर पुर्दा स्थानीय प्रकाश खड्काका दुई छोराहरु ७ वर्षीय डेबिड र २ वर्षीय इशान खड्काको ज्यान गएको हो ।

एक्स्काभेटर रोकेर अपरेटर खाजा खान गएको समयमा सडकमाथिबाट पहिरो खसेकाे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी विनोद घिमिरेले जानकारी दिनुभयाे । 

 उनीहरुकाे शव जिल्ला अस्पताल रेउघा ल्याउन लागिएकाे प्रहरीले जनाएकाे छ। 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया