नेपालमा प्रदेश सरकारकाे आवश्यकता छैन : कमल थापा

 जेठ ३०, २०७९ सोमबार १८:२९:१५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा दुई तहकाे सङ्घीय संरचना आवश्यक रहेको बताउनुभएकाे छ । राप्रपा नेपाल गण्डकीले आज सोमवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले यस्ताे बताउनुभएकाे हाे । 

केन्द्रीय सरकार बलियो र पालिकाले पर्याप्त अधिकार पाएका कारण प्रदेश सरकारको आवश्यकता नरहेको उहाँकाे भनाइ थियाे । उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताउनुभयाे । 

अध्यक्ष थापाले गणतन्त्र स्थापनापछिको १५ वर्षको अनुभवलाई हेर्दा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता, समानतासहितको हिन्दू राष्ट्र बनाउनुपर्ने बताउनुभयाे । उहाँले अब राजसंस्थाको स्थापना सम्भव नभएको बताउँदै भन्नुभयाे, ‘पूर्वराजा ज्ञानेन्द्र साहको सकारात्मक भूमिका भएको भए राजसंस्था फर्किन सक्थ्यो । हामी राजसंस्थाको वकालत गर्दै देशव्यापी रूपमा परिचालित भयौँ तर राजाको सकारात्मक भूमिका भएन, उल्टो राजनीतिक दलसँग झन् दुरी बढाउने काम भयो, अब राजसंस्थाको स्थापना सम्भव छैन ।’

अध्यक्ष थापाले राप्रपा र राप्रपा नेपालले राजसंस्थाको वकालत गर्दा पूर्वराजाले सकारात्मक भूमिका खेल्न नसकेको भनी आलोचना पनि गर्नुभयाे । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया