घरेलु टोलीलाई हराउँदै आर्मीले जित्यो मकवानपुर गोल्ड कपको उपाधि

 जेठ ३०, २०७९ सोमबार १९:५३:१२ | हरि हुमागाईं
unn.prixa.net

फाइल फाेटाे, तस्बिर : एन्फा

मकवानपुर – हेटौँडा उपमहानगरपालिका ५ को पिप्ले रङ्गशालामा सम्पन्न चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । 

भर्खरै सम्पन्न प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली विजयी युथ क्लब हेटौँडालाई दुई–एक गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीले उपाधि शिल्डसँगै १५ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेको हेटौँडाले शिल्डसँगै १० लाख रुपैयाँ पायो ।

आर्मीलाई जिताउन कप्तान भरत खवास र कमलबहादुर थापाले गोल गरे । घरेलु टोली विजय युथका डोना थापाले पेनाल्टीमार्फत एक गोल फर्काए । खेलको १५ औं मिनेटमा कप्तान भरत खवासको गोलबाट आर्मीले सुरुवाती अग्रता लिन सफल भएको थियो । त्यसको १० मिनेटपछि घरेलु टोलीले बराबरी गोल फर्काउन सफल भयो । युद्ध शाहीले पेनाल्टी बक्समा विमल रानालाई फउल गरेपछि रेफ्रीले विजय युथलाई पेनाल्टी दिँदा डोना थापाले गोल गरे । दोस्रो हाफको सुरुमै कमलबहादुर थापाले गोल गर्दै आर्मीलाई दुई–एक को अग्रता दिलाए । लगत्तै आर्मीले पेनाल्टीको अवसर पाए पनि दिनेश हेन्जनले गोल गर्न नसक्दा खेल दुई–एकमै सकियो । विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले सन्तोष केसीलाई फउल गरेपछि पाएको पेनाल्टीमा दिनेशले गोल गर्न सकेनन् ।

मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले हेटौँडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल हात पार्नेछ । व्यक्तिगत विधाका उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

आर्मी दाेस्राे पटक विजेता बनेकाे हाे । आर्मीले यसअघि २०७७ सालमा भएको तेस्रो मकवानपुर गोल्ड कपको फाइनलमा पनि घरेलु टोलीलाई हराउँदै विजेता बनेकाे थियो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया