आज पनि देशका धेरै ठाउँमा पानी पर्ने

 असार १२, २०७९ आइतबार ७:५२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौमा गएरातिदेखिको वर्षा रोकिएको छ । काठमाण्डौमा पानी  पर्न  रोकिए पनि अन्य ठाउँमा भने परिरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् विनु महर्जनका अनुसार अहिले वाग्मती, प्रदेश-१, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ ।

अहिले प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिम प्रदेशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

अहिले पानी पर्न रोकिएका केही ठाउँमा दिउँसो फेरि पानी पर्ने अनुमान गरिएको छ । लगातारको वर्षाले बाढी पहिरोको जोखिम बढाएको छ । विशेषगरी आज गण्डकी प्रदेश, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यी प्रदेशका पहाडी क्षेत्रमा पहिरो तथा नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा अति भारी वर्षा मापन भएको छ ।

आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै नारायणी र यसका साना सहायक नदीहरुमा जल सतह बढ्नसक्ने, कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव बढ्ने पूर्वानुमान छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया