एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक बस्दै

 असार १३, २०७९ सोमबार ९:२४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक आजदेखि सुरु हुँदैछ ।

भोलिसम्म चल्ने बैठकमा साङ्गठानिक गतिविधि, पालिका चुनावको समीक्षा, आउँदो चुनावको तयारी र केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै बैठकमा पार्टी महासचिव बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

परिषद् बैठकमा करिब १ हजार ५ सय जना सहभागी हुने एकीकृत समाजवादीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया