प्रचण्डसँग राजेश हमालको भेट

 असार १७, २०७९ शुक्रबार ११:४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नायक राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नु भएको छ ।

प्रचण्डलाई भेट्न हमाल बिहान प्रचण्ड निवास खुमलटार पुग्नु भएको थियो । भेटमा सङ्गीतकार चेतन सापकाेटा पनि सहभागी हुनुहुन्थ्यो ।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधुप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । तर, भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन । चलचित्र विकास बोर्डको अध्यक्षका लागि अरु कलाकार पनि दौडधुपमा छन् ।

अध्यक्षको आकाङ्क्षी कलाकारहरु नायक भुवन केसी, निर्देशक सम्झना उप्रेती, सुचित्रा श्रेष्ठ लगायतले राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिरहेका छन् । 

तस्बिर : चेतन सापकाेटा

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया