राम्दीमा पहिरोकाे जोखिम कम गर्न हटाइयो भिरमा अड्किएका ढुङ्गा

 असार २६, २०७९ आइतबार ११:४९:३७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - आजभन्दा झन्डै एक वर्ष पहिले आफ्नै अगाडि गएको पहिरो सम्झिँदा अहिले पनि गल्याङ-१ राम्दी बजारकी सुशीला श्रेष्ठ झस्किनुहुन्छ । बाटोमाथि हेरेर लामो सास फेर्दै श्रेष्ठले भन्नुभयो, 'अब भने आनन्दले बस्न पाइने भयो।'

एक वर्ष अगाडि सडकभन्दा माथिबाट जनधनको क्षति हुने गरी गएको पहिरोले राम्दी बजार बासिन्दालाई अहिले पनि झस्काउने गर्छ । पहिरोका कारण धेरै स्थानीय महिनौँसम्म त्रासमा बसेका थिए । लामो समयसम्म भिरमा अड्किएका ढुङ्गा, रुख लगायतका वस्तुहरु हटाइएपछि राम्दी बजारवासीले मात्रै होइन यात्रुहरुले समेत राहतको महसुस गरेका छन् । 

'एक वर्षको अवधिमा हामीले तत्कालीन जनप्रतिनिधिहरुलाई पटक पटक गुनासाे गरेका थियौँ तर कसैले सुनुवाइ गरिदिएनन् । जसको कारण हाम्रो दैनिक जीवन कष्टकर हुन पुग्यो' श्रेष्ठले थप्नुभयो, 'बल्ल राहतको महसुस गरेकी छु।' 
गल्याङ नगरपालिकाकाे पहलमा नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपद प्रहरीले भिरमा अडकिएका ढुङ्गाहरु निकालेका हुन् । 

स्थानीयहरु त्रासमा बसेकाे गुनसाे आएपछि सम्भावित दुर्घटना न्यूनीकरणकाे काम गरिएको गल्याङ नगरपालिका मेयर गुरुप्रसाद भट्टराईले बताउनु भयाे । भिरमा अड्किएका ढुङ्गा, रुखहरु हटए पछि अब तत्कालका लागि जोखिम कम भएको उहाँले बताउनु भयाे । 

 भट्टराईले भन्नुभयो, 'पहिरो नियन्त्रणका लागि अन्य कामहरु पनि गर्न सुरु गरेका छौँ ।' गएको वर्ष असारमा  याे ठाउँमा सडकमाथिबाट खसेको पहिरोले पुर्दा एक महिलाको ज्यान गएको थियो भने चार घरमा क्षति पुगेको थियो । 

पहिरोले पुर्दा राम्दीमा पूजा गर्न गएकी वालिङ-१४ की धनमाया उम्राह मगरको ज्यान गएकाे थियो । स्थानीय दीपेन्द्र श्रेष्ठको होटेलमा खाजा खान गएकी मगरको ज्यान गएकाे थियो भने होटलमा रहेका अन्य व्यक्तिहरुले भागेर ज्यान जोगाएका थिए । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया