मध्य तमोर जलविद्युत् आयोजनाको सुरुङ मार्ग  निर्माण सम्पन्न

 असार ३२, २०७९ शनिबार १३:४९:२५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा निर्माण  भइरहेको मध्य तमोर जलविद्युत् आयोजनाको सुरुङ मार्ग  निर्माण कार्य पूरा भएको छ । ७३ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको ड्याम रहने क्षेत्र मित्लुङ र पावर हाउस रहने क्षेत्र थुम्बाबेसी सम्मको सुरुङ मार्ग निर्माण कार्य पूरा भए भएको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रबन्धक मणिराज पोखरेलले दुईवटा कम्पनी मध्ये एकले थुम्बा क्षेत्रबाट र अर्कोले मित्लुङ क्षेत्रबाट सुरुङ खन्दै दुवैतीरबाट जोडिएपछि सुरुङमार्ग निर्माणको काम सम्पन्न भएको बताउनुभयो ।सुरुङमार्ग ३ हजार ३ सय ६७ मिटर लामो ६ मिटर चौडाइ र ४ मिटर उचाइको रहेको समेत प्रबन्धक पोख्रेलले बताउनुभयो । यसरी दुईतर्फबाट निर्माण गरिएको सुरुङमार्ग जोडिएपछि आयोजनाको ७१ प्रतिशत काम समेत सकिएको अयोजनाले दावी गरेको छ । 

अयोजनाका प्रबन्धक पोख्रेलले हेडवर्क्सको काम ८० प्रतिशत सकिएको साथै थिग्रयाउने पोखरीको काम केही बाँकी रहेको बताउनुभयो । आयोजना प्रमुख पोख्रेलले ३ सय मिटर लम्बाइ र एकसय मिटर चौडाइको सेटलिङ् बेसिनलाइ प्राकृतिक विपदका समस्याबाट जोगाउन अण्डर ग्राउण्ड गरिएको बताउनुभयो ।  फक्ताङ्लुङ गाउँपालिका वडा नं १ सावादिन र मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङमा मुख्य–मुख्य संरचना रहेको विद्युत आयोजनाको फुङ्लिङ नगरपालिका ९ र १० हाङ्देवा तथा फुरुम्बुको तल्लो तटीय क्षेत्र आयोजनाको मुख्य कार्यस्थल रहेको छ ।

सुरुमा ५४ मेगावाट क्षमता बराबर विद्युत उत्पादन गर्नेगरी सुरु गरिएको आयोजनाको मुहान स्थल (हेडवर्क्स) केही परिवर्तन भएकोले उत्पादन क्षमता बढेर ७३ मेघावाट पुगेको आयोजना प्रमुख पोख्रेलले बताउनुभयो ।

सुरु गर्दा मापन गरिएको क्षमता अनुसार निर्माण प्रक्रिया अघि बढाएको  तर, पछि निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएपछि आयोजनाको हेडवक्र्स परिवर्तन गरिएको थियो । सो परिवर्तनले गरिएसँगै ५४ बाट १९ मेगावाट बढ्न गई कुल ७३ मेगावाट क्षमताको विद्युत् उत्पादन हुनेगरी निर्माण कार्य भइरहेको छ ।

आयोजनाको फुरुम्बुस्थित मित्लुङ नजिक ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण भइरहेको छ । आयोजनाबाट उत्पादन भएको विद्युत् आयोजनाको स्वीचयार्डदेखि करिव १२ किलोमिटर लामो २२० केभीए क्षमताको प्रसारण लाइनमार्फत मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा निर्माण भइरहेको नेपाल विद्युत् प्राधिकरणको ढुङगेसाँघु सब–स्टेशनमा पुर्‍याइ राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आयोजनाको तयारी छ ।

कोशी करिडोर नामले परिचित ढुङगेसाँघु सव–स्टेशनको काम पनि तीव्र गतिमा भइरहेकोले आयोजनाले लक्ष्य अनुसार उत्पादित बिद्युत सो सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कुनै समस्या नहुने देखेको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया