फोहोरको डङ्गुर पन्छाउँदै, कुलो बनाउँदै बुढापाका

 असार ३२, २०७९ शनिबार १६:१५:५७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – फुङलिङ नगरपालिका ३ मेदिबुङका बुढापाकाले सहरका घर पसल कार्यालयबाट निस्केर कुलाेमा फसेकाे फोहोरको डङ्गुर पन्छाएका छन् । 

ताप्लेजुङ जिल्लाको मेदिबुङ क्षेत्रका ३ सय भन्दा बढी घर परिवारले फुङलिङ ९ हाङदेवाको देवीखोलाबाट  सिंचाइको लागि सदरमुकाम फुङलिङ हुँदै पानी लाने गरेका छन् । जहाँ फुङलिङ नगरपालिका कार्यालय बसेको घरको पछाडिपट्टि मेदिबुङका कृषकले सिंचाइका लागि पानी लाने कुलो रहेको छ । त्यही कुलोमा नगरपालिकाको कार्यालय, प्राईम बैंक तथा बजारका प्रतिष्ठित व्यक्तिहरुका घरबाट निक्लिएको फोहोरको डङ्गुरले कुलो बन्द गरेपछि बुढापाकाहरु एकजुट भएर त्यो कुहिएको फोहोर पन्छाएर जाम परेकाे कुलो खुलाएका हुन् । 

'असारको अन्तिम भयो । अहिलेसम्म कुलो सोझ्याएर पानी लान सकेको छैन । गाउँका करिब ५० जनाको समूहमा कुलो बनाउन आएका युवाहरु गन्धले नसकेर फर्किए तर, हामी ४ जना बुढाहरु जे भए पनि पानी नलगे खेत बाँजाे हुने भएकाले फोहोरको प्रवाह नगरि लागेका छाैँ', ७७ वर्षीय साेमनाथ गिरीले बताउनुभयो ।

फुङलिङ नगरपालिकाका उपमेयर भीमादेवी ओझाको घर समेत यही कुलो नजिकै छ । उपमेयर ओझाले यसरी कुलो नै बन्द हुने गरि फोहोर फ्याक्नेलाई पहिचान गर्ने बताउनुभयो । उहाँले नगरपालिकाले फोहोर फ्याक्नको लागि गाडीको समेत व्यवस्था गरे पनि स्थानीयबासीले अटेर गरेर कुलोमा फ्याकेको बताउनुभयो । कुलोलाई व्यावस्थित गर्न पहल गर्ने उपमेयर ओझाकाे भनाइ छ । तर नगरपालिकाले कुरा मात्र गर्ने काम नगर्ने गरेकाे स्थानीय बताउँछन् । 

'हामीले बर्सेनि फोहोर पन्छाएर कुलाे खुलाउने गरेका छाैँ, धेरै पटक फुङलिङ नगरपालिकालाई कुलामा फाेहाेर फाल्न रोकिदिनु पर्‍यो भनेर पनि निवेदन गरेका थियाैँ तर कहिल्यै सुनुवाई भएन', कुलाकाे फाेहाेर एकत्र पार्दै ६८ वर्षीय नेत्रप्रसाद घिमिरेले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया