कञ्चनजङ्घा संरक्षण क्षेत्रमा एक वर्षमा ३ सय ५९ जना पर्यटक भित्रिए

 साउन २, २०७९ सोमबार १८:४६:५१ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – आर्थिक वर्ष २०७८/०७९ मा ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा तीन सय ५९ जना पर्यटक भित्रिएका छन् । संरक्षण क्षेत्रभित्र प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि दुई सय २२ जना विदेशी, ६३ जना सार्क देशका र ७४ जना स्वदेशी पर्यटक भित्रिएका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताउनुभयो । गएको आर्थिक वर्ष २०७७/०७८ मा भने कोरोनाका कारण ६३ जना मात्र पर्यटक भित्रिएका थिए ।

संरक्षण क्षेत्रमा आउने पर्यटकहरू ओलाङचुङगोला, दिकिछ्योलिङ गुम्बा, घुन्सा र कञ्चनजङ्घा हिमालको अध्ययन अवलोकन गर्न पुग्ने गरेका छन् । असोज १५ गतेदेखि कात्तिक र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु (लिम्बु) ले बताउनुभयो । 

कञ्चनजङ्घा क्षेत्रमा किन पर्यटकको आकर्षण छैन ?

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्यटकको आकर्षण कम छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घासमेत यसै संरक्षण क्षेत्रमा छ । त पर्यटकको आकर्षण बन्न सकेको छैन । 

काठमाण्डौबाट टाढा अर्थात् लामो रुट भएकाले पनि यस क्षेत्रमा पर्यटकको आकर्षण कम भएकोे हो । साथै यातायात तथा भरपर्दो हवाई सेवा नभएका कारण पनि पर्यटकको आकर्षण नभएको हिमालयन गाइडका प्रोपाइटर ईश्वरी पौडेलले बताउनुभयो । कञ्चनजङ्घा रुटमा पर्यटकलाई आवश्यक सुविधा सम्पन्न  होटलको व्यवस्था नहुँदा पनि यो क्षेत्र पर्यटकको रोजाइमा नपरेको उहाँको भनाइ छ । 

प्रचारप्रसारको अभाव र मोटरेबल बाटोको सुविधा नभएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको संरक्षण अधिकृत रमेशकुमार यादवले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया