भारतमा पछिल्लो २४ घण्टामा २० हजारभन्दा धेरैमा काेराेना सङ्क्रमण

 साउन १३, २०७९ शुक्रबार ६:४७:३८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतमा कोरोनाको सङक्रमण फेरि बढ्न थालेको छ।

पछिल्लो २४ घण्टामा २० हजारभन्दा धेरैमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

यसअघि लगातार तीन दिनसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा कम रहेको थियो । अहिलेसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ३९ लाख ५९ हजार ३ सय २१ पुगेको छ।

देशभर १ लाख ४६ हजार ३ सय २३ सक्रिय सङ्क्रमित छन् ।  कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या अहिलेसम्म ४ करोड ३२ लाख ८६ हजार ७ सय ८७ पुगेको छ।  

कोरोना सङ्क्रमणबाट पछिल्लो एकैदिनमा ४४ जनाको ज्यान गएको छ । भारतमा सन् २०२१ को जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप अभियान निरन्तर छ। 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया